• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

विराटनगरमा नाटक महोत्सव, ‘साँढे’ र 'उद्धारकर्ता विवेक' मञ्चन 

काठमाडौं । विराटनगरमा विद्यालय नाटक महोत्सव शुरु भएको छ। बुधवारबाट पहिलो दिन आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको शुरुवात गरेको हो । 

 

नाटक ‘साँढे’ राजनीतिक प्रवृतीमाथीको झटारो हो । देशमा चलिरहेको राजनीतिक हस्तक्षेपको उजागर हो नाटक ‘साँढे’ । ‘साढे’ राजनीतिक दललाई गरिने एउटा व्यंग्यात्मक शैलीको नाटक हो । हिजो शासकीय प्रवृती र आजको शासकीय प्रवृती उही छ, स्वरुप मात्र बदलिएको हो । हामी कहाँ साँढे प्रवृतीका मान्छेहरु छन् । हाम्रो समाजमा घासै घासले छरिएको नुन खाने ‘साँढे’ हरु दिन प्रतिदिन बढ्दै छन् । त्यसको बिरुद्धमा मान्छेहरुले कतै न कतैबाट रचनात्मक बिद्रोह गरिरहेका छन् । नाटक यही कथा वरपर घुमेको छ । 

 

नाटकमा विकास पराजुली, भरत कार्की, देवेन्द्र यादव, समिक्षा दाहाल, प्रदिप दाहाल, अजय सुवेदी, लकेश दंगाल, मन्तोष यादव, राजेश ठाकुर, रिया सिग्देल, प्रिती उपाध्याय, प्रतिक्षा न्यौपाने, अमन धमला लगायतले अभिनय गरेका थिए । गुरुकुलका विद्यार्थी अशोक गौतमको निर्देशन तथा सविन भट्टराई र देवेन्द्र यादवको सह निर्देशनमा भिमनिधि तिवारीकृत साँढे तयार पारिएको हो ।

 

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आगामी भदौ ३१ गतेसम्म हुने महोत्सवमा बिहिबारदेखि नियमित ९ विद्यालयका ९ नाटक मञ्चन हुनेछ । भदौ २३ गते मनकामना से.इ.बो. स्कूल उद्धारकर्ता विवेक, भदौ २४ गते पूर्वाञ्चल विद्या सदन से.इ.बो. स्कूलले अँधेरी नगरी, भदौ २५ गते बुढानिलकण्ठ से.इ. स्कूलले प्रत्यागमन, भदौ २६ गते रञ्जनी एकेडेमिक इ. टिचिङ स्कूलले चोर, भदौ २७ गते सुम्निमा इ. स्कूलले भविष्य निर्माण मञ्चन गर्नेछ । भदौ २८ गते मोर्डन एरा से.इ.बो. स्कूलले कोही निक बर्बाद होस्, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सु-संस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । 

 

यस्तै महोत्सवको दोस्रो दिन बिहिबार विराटनगरको श्री मनकामना से. ई. बो. स्कुलले शिक्षक कमल कुमार शाहीको लेखन तथा निर्देशनमा बनेको नाटक मञ्चन गरेको हो। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गरिएको उक्त नाटकले पृथ्वी जोगाउन विवेक नामका युवाले गरेको प्रयासलाई प्रस्तुत गरेको थियो । विद्यार्थीमा सकारात्मक सोचको विकास तथा प्रकृतिको सम्वद्र्धनमा सघाउने अपेक्षा साथ नाटक तयार पारिएको विद्यालयले उल्लेख गरेको छ । नाटकमा आँचल खत्वी, शंकर साह, हर्षित अग्रवाल, देवराज साह, स्मृति पोखरेल लगायतले अभिनय गरेका थिए । 

 

महोत्सवमा शुक्रबार अँधेरी नगरी मञ्चन हुनेछ । विराटनगरकै पूर्वाञ्चल विद्या सदन आवासीय माध्यमिक विद्यालयले भारतीय लेखक भारतेन्दु हरिशचन्द्रको नाटक मञ्चन गर्न लागेको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार