• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

कप्तान लामिछाने निलम्बित

काठमाडौं । नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।

 

सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वार जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ । लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न कप्तान र राष्ट्रिय टिमबाट निलम्बन गरेको जनाएको छ । विज्ञप्तिमा छानबिनमा सहयोग गर्न सन्दीपलाई निलम्बन गरिएको उल्लेख गरिएको छ ।

 

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर किशोरीमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मङ्गलबार उजुरी परेको थियो । उजुरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ । 


 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार