• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

साफ महिला च्याम्पियन्सपमा २३ महिला टोलीको घोषणा

काठमाडौँ । शनिबार साफ महिला च्याम्पियन्सपमा खेल्न २३ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ ।  

 

३५ खेलाडीबाट अन्तिम २३ खेलाडीको चयन गरिएको हो ।  दक्षिण एसियाको सबभन्दा ठूलो प्रतियोगता साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म नेपालको दशरथ रङ्गशालामा हुँदैछ । यस संस्करणमा दक्षिण एसियाका सबै सात राष्ट्रको सहभागिता रहनेछ ।

 

प्रशिक्षक थापाले अमिसा कार्की, समिक्षा घिमिरे र दिपा शाहीलाई पहिलो पटक राष्ट्रिय टिममा परेका छन् भने स्ट्राइकर रेखा पौडेलले राष्ट्रिय टिममा पुनरागमन गरेकी छिन् । यसपटक कप्तान रेनुका नगरकोटी र्र  डिफेन्डर पुजा राना भने टीममा परेका छैनन् । दुवै बन्द प्रशिक्षणमा घाइते भएका थिए ।
यस्तै अन्य खेलाडीमा गोलकिपरहरु अन्जिला तुम्बापो सुबा, अञ्जना राना मगर र उषा नाथ रहेका छन् । 

 

साफ महिला च्याम्पियन्सीपमा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान पनि छन् । समूह एमा गत विजेता भारतसहित बङ्गलादेश र माल्दिभ्स रहेका छन् । दावेदार राष्ट्रहरु भारत र बङ्गलादेश फरक समूहमा परेकोले नेपाललाई समूह चरण पार गर्न सहज हुने अपेक्षा गरिएको छ । साफ महिला च्याम्पियनसीमा नौ लिग, दुई सेमिफाइनल र एक फाइनल गरी कूल १२ खेल खेलाइनेछ । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह ’बी’ मा रहेको नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

 

पछिल्लो संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । अहिलेसम्म पाँच संस्करण सकिँदा नेपालले चार पटक फाइनल खेलेको छ । तर अहिलेसम्म नेपालले साफ महिला च्याम्पियन्सीपको उपाधि जित्न सकेको छैन । नेपालले अहिलेसम्म महिला साफ फुटबल च्याम्पियन्सीपको उपाधि जित्न सकेको छैन । नेपाल चार पटक उपवजतेता बनिसकेको छ । यसपटक घरेलु मैदानमा नेपाली महिला फुटबल टिमको उपाधि जित्ने अवसर छ ।  प्रतियोगीता यसअघि अगस्ट २९ देखि सेप्टेम्बर १० सम्म हुने तय गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार