• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
पत्रपत्रिका

घरधनी दोषी हुन क्षतिपूर्ति उनीहरुसँगै माग्नू : मेयर साह

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सहरका विभिन्न ठाउँमा डोजर चलाएका छन् । नक्सापास नगरी अवैध रूपमा बनाइएका भौतिक संरचनामा महानगर प्रमुख साहले आफैं उत्रिएर धमाधम डोजर चलाउन थालेका हुन् ।

 

काठमाडौं महानगर प्रमुख साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी, महानगरीय प्रहरी टोली, स्थानीय प्रतिनिधिसहितको टोलीले बुधबार बिहानैदेखि सुन्धारास्थित काठमाडौं मल, खिचापोखरी र न्युरोड क्षेत्रको आरबी कम्प्लेक्स, न्युरोडको रञ्जना गल्ली क्षेत्र, दरबारमार्ग क्षेत्रलगायत ठाउँमा पुगेर मापदण्डविपरीत बनाइएका संरचनामा डोजर चलाएका छन् ।

 

अभियान चलाउनुभन्दा अघि प्रहरीले संचरना भत्काउनुपूर्व नै त्यहाँ रहेका मापदण्डविपरीतका पसल, टहरा खाली गराएको थियो। पछिल्लो समय काठमाडौं महानगरपालिकले आफ्नो क्षेत्रभित्र रहेका भवन तथा घरको नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य किसिमले संरचना भत्काइरहेको छ ।

 

गत सोमबार मात्र महानगरले काठमाडौं नयाँ बानेश्वर क्षेत्रका अन्डर ग्राउन्ड पार्किङमा सञ्चालन भएका पसल भत्काएको थियो । बुधबार दिनभर नै उसले अनधिकृत रूपमा बनाइएका संरचना भत्काएको हो ।

 

बिहान सुन्धारास्थित काठमाडौं मलबाट डोजर चलाउन थालेको प्रमुख साह सहभागी टोलीले दिउँसो न्युरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइदिएको छ ।

 

घरधनी र व्यापारीको अवरोधबीच संरचना भत्काउनेक्रममा प्रमुख साहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरी टोली खटिएका थिए । महानगरपालिकाले नक्सा पासभन्दा बाहिर गएर घरधनीले बनाएका संरचना भत्काएको हो । यसअघि, महानगरले ३५ दिने सूचना दिँदासमेत अटेरी गरेपछि अहिले धमाधम भत्काउन थालेको छ । मधुजंग पाण्डे/राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार