• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्छौ : भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य आउने चुनावसम्म मात्र रहने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि यस्तो बताएका हुन् ।

 

उनले नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्ने बताए । उनले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेको पनि जनाए।

 

हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसावले लिएका छौँ ।’ गठबन्धनसँग भएको सहमतिकै आधारमा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि सहभागी हुने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार