• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रवास

हर्ष उल्लासका साथ मनाइयो विश्व आदिवासी दिवस

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा 'आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा  आदिवासी महिलाको भुमिका' भन्ने मुल नारा संयुक्त राष्ट्रसंघले घोषणा गरे बमोजिम विश्वभर २८ औं विश्व आदिवासी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम हर्ष उल्लासको साथमा मनाउने क्रममा प्रवास इजरायल पनि आदिवासी समुदायहरुको मौलिक भेषभुषा सहित सांस्कृतिक पहिचान झल्किने झाकी प्रदर्शन र नृत्य प्रस्तुतिहरुको साथमा कार्यक्रम अगस्ट  १२ तारीख शुक्रबारको दिनमा भब्य रुपमा सप्पन्न भएको छ। 

 

कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण इजरायलको लागि नेपाली राजदुत कान्ता रिजालले गरेकी थिइन। साथै इजरायलमा क्रियाशिल विभिन्न राजनीतिक संघ संगठन, सामाजिक,सांस्कृतिक ,धार्मिक ,कला ,साहित्यिक  संस्था र मिडियाकर्मीहरुको उल्लेखनीय  उपस्थिति रहेको  थियो। कार्यक्रमको संयोजन  डिक कुमार तमुले गरेका थिए । 

 

इजरायलको सन्दर्भमा विगत  बाह्र वर्ष देखि यता हरेक वर्ष विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउदै आइरहेको पनि नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष नानी माया योञ्जन तामाङले बताएकी छिन्  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार