• शुक्रबार ६-२१-२०७९/Friday 10-07-2022
स्वास्थ्य

थप ८८८ जनामा कोरोना पुष्टि, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै ४७४ जना  संक्रमणमुक्त भएका छन् भने  संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ रहेकोे छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार