मिस यूनिभर्स नेपालको उत्कृष्ट २० मा डा.आयुष्नोभा

काठमाडौं । डा.आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपाल–२०२२ को उत्कृष्ट २० मा पर्न सफल भएकी छिन् । ढुंगाना उत्कृष्ट २० जना प्रतिस्पर्धिहरुमध्ये एक जनामात्र चिकित्सक हुन् ।उमंग क्रिएसनले मंगलबार बिहान मिस यूनिभर्स नेपालको आधिकारिक यूट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गर्दै प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धिहरुको नाम सार्वजनिक गरेको हो ।
आयुष्नोभासंगै उत्कृष्ट २० मा नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रीजु खड्का, काठमाडौंकी जास्मिन खड्का, काठमाडौंकी श्रृष्टी हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी मोनालिसा पराजुली, बुटबलकी रेनुका चौधरी, झापाकी दिक्षा खाती, मंगलबजारकी प्रतिभा महर्जन, क्यानाडाकी सामना कार्की, अष्ट्रेलियाकी विपना अधिकारी, वर्दियाकी मोनिका चौधरी, धुम्बाराहीकी सोफिया भुजेल, चितवनकी प्रियांशु महत, काठमाडौंकी आकृति मानन्धर, बुटबल, अनु अनमोल क्षेत्री, अष्ट्रेलिया आश्मा केसी र बागबजारकी सेफिना जोशी अन्तिम चरणका लागि छनोट भएका छन् ।
उत्कृष्ट २० मा छनोट भएका प्रतिस्पर्धिहरुलाई करिव १० दिनसम्म क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपछि आगामी भदौ ९ गते आयोजना गरिने ग्राण्ड फिनालेमार्फत मिस यूनिभर्स नेपाल २०२२ को छनोट गरिने छ ।
प्रतिकृया दिनुहोस