• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

श्रीलङ्कामा सङ्कटकाल घोषणा

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले टेलिभिजनमार्फत् सम्बोधन गर्दै  सेनालाई ूसुव्यवस्था फेरि कायम गर्न जे आवश्यक हुन्छ त्यही गर्नू आफूले आदेश दिएको बताएका छन्।

 

उनले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न आह्वान गरेका छन्। 'हामी संविधान च्यात्न सक्दैनौँ। हामी फासीवादीहरूलाई आउन दिन सक्दैनौँ। हामीले प्रजातन्त्रप्रति रहेको यो फासीवादी खतरा टुङ्ग्याउनुपर्छ,' उनले भने।

 

विक्रमसिङ्घको भनाइ श्रीलङ्काको राजधानीमा सेनाले सुरक्षा प्रबन्ध मिलाउन लागेको सङ्केत भएको बताएका छन्।यस्तै श्रीलङ्काको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ।

 

प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन्। यसैबीच श्रीलङ्गाको अर्को राष्ट्रिय टेलिभिजनले पनि प्रसारण बन्द गरेको खबर आएको छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार