• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

एसपीपी जालझेल गरेर अघि बढाइयो : अध्यक्ष ओली

काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र तत्कालीन माओवादी केन्द्रले एसपीपी सम्झौतामा जालझेल गरेर अघि बढेको आरोप लगाउनुभएको छ ।

 

प्रधानमन्त्री शुशील कोइरालाको पालामा एसपीपी सम्झौता अघि बढाउने काम भएको बताउँदै ओलीले आफू प्रधानमन्त्री हुँदा जानकारी नै नदिई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्र लेखेको आरोप लगाउनुभयो । पुनः पछि प्रचण्ड प्रधानमन्त्री भएको बेलामा प्रधानसेनापति क्षेत्रीले एसपीपी सम्झौताबारे पत्र पठाइएको बताउनुभयो ।

 

त्यसैगरी उनले आफ्नो सरकारको बेला तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले इन्डोप्यासिफिकको कुरा उठाएपछि प्रदीप ज्ञवाली पराष्टमन्त्री र ईश्वर पोखरेल रक्षामन्त्री रहेका बेला छानबिन समिति गठन गरिएको  बताए । समितिले उपयुक्त नहुने बताएपछि सैन्य गठबन्धनमा सामेल नहुने भन्दै च्याप्टर क्लोज भएको जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार