• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

नेपालमा देखिए मंकीपक्सका शंकास्पद संक्रमित 

काठमाडौं । नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ ।  बिहीबार दुबईबाट आएका एक २७ वर्षीय एक पुरुषमा मंकीपक्सका लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो । उनका अनुसार ती बिरामीलई मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या रहेको बताए ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार १४ जुनसम्म ३९ देशका १ हजार ६०० जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ । ७ वटा देश पहिलेदेखि नै मंकीपक्स प्रभावित हुन् भने ३२ वटा नयाँ प्रभावित देश छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार