• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

हाम्रो माग

बुुढयौलीको माग हाम्रोे पूूरा गरिदेउ 
स्वतत्र भै हिडन पाउँ सडक किनार छेउ 

 

फुटपाथका असरल्ल छेउ लगाइदेउ 
जथाभावी कुदने बाइकको ठक्कर बचाइदेउ 

 

मुुटु काँप्ने ठूुलो ध्वनी निषेध गराइदेउ 
अटेर गर्ने चालकलाई नियम लगाइदेउ

 

घुुस बेगर सेवा दिने अड्डा चलाइदेउ 
मेलम्चीको धाराबाट पानी खसाइदेउ 

 

हिलो, धुुलो, फोहर रहित सहर बनाइदेउ
किनमेल गर्ने बजारमा भाउ बसाइदेउ 

 

आश्वासन खेर गए पुग वाचा छेउ 
चुुनावको बचनमा लागिसक्यो लेउ ।।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार