• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

‘सुन माया’ सार्वजनिक

काठमाडौं । गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ । 

 

गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्री फिचर छन् । भिडियोमा उनीहरुबीचको टिनएज प्रेमलाई देखाइएको छ । भिडियोमा दुवैले लोभलाग्दो अभिनय गरेका छन् । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।

 

गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरुले फरक गर्ने प्रयास गरेको बताए । उनले भने- ‘प्रायः म्यूजिक भिडियोमा  उमेर पुगेका कलाकारहरुले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवा-युवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौं । भिडियोले गीतलाई न्याय गरेको छ ।’ 

 

निर्देशक पान्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा-युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए । ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो । तर, गोविन्द भट्टले टिनएजका युवा-युवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले सुभम र योगिशालाई छनौट गर्यौं । छायांकनमा उहाँहरुलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो,’ उनले भने । पान्डेले आफ्ना हरेक भिडियोमा केहि न केहि नयांपन देखाउने गरेका छन् ।

 

त्यस्तै, कलाकार आचार्यले आफ्नो बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुची रहेको बताउँदै अहिले त्यो सपना साकार हुँदै गएकोमा खुशी व्यक्त गरे । उनले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव सुनाए । योगिशाले राम्रो गीतमा राम्रो टिमसँग काम गर्न पाउँदा खुशी महसुस भएको बताइन् । भिडियोमा उनीहरुको नृत्य गर्ने शैली र एक्सप्रेसन आकर्षक छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार