• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

प्रधानमन्त्री र मेयर बालेनबीच भेट,५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबिच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर बालेनले प्रधानमन्त्री देउवासँग आज भेट गरेका हुन् ।

 

भेटमा देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन समेत दिएका छन् । भेटमा देउवाले भने, ‘महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ।’

 

'आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ ।' शाहले सामाजिक संजालमा लेखेका छन,'काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ ।'

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार