• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

इथियोपियामा दर्जन बढी पत्रकार पक्राउ

इथियोपिया । इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । 

 

अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा सम्लग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका छन् । 

 

पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको रिपोर्ट गरिएको छ ।हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेस्जेन डेसालेगन पनि परेका छन् । उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उहाँका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताएका छन् । 

 

प्रहरीले बिहीबार टेमेस्जेनको घरमा पनि आक्रमण गरेका पत्रिका, डिस्क ड्राइभ र क्यामेरा जफत गरेका बताइएको छ ।अर्का पत्रकार तथा युट्युबर यायसेवे शिमेलीस बिहीबार दिउँसो राजधानी अदिस अबाबास्थित घरबाट पक्राउ परेका उनका पूर्व सहकर्मी बेकल अलामिरेले एएफपीलाई बताए । 

 

अशारा नामक समाचार संस्थाले पनि आफ्ना यसका पाँच जना कर्मचारीलाई पक्राउ गरिएको बताएको छ ।यूट्यूबमार्फत् कार्यक्रम चलाउँदै आएका प्रसिद्ध कार्यक्रम प्रस्तोता सोलोमन शुमीलाई पनि गत हप्ता अदिस अबाबाबाट पक्राउ गरिएको थियो ।एजेन्सी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार