• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

कुरीकुरी

मन्त्री भएको केहिदिन मै घट्छ रे हर्ष 
कसोगरी टिक्नु रे दवाव थेगि वर्ष ?

 

कठिन छरे जिम्मेवारी पद ओगट्या ठाउँको
दुख्न सम्म दुख्छ रे नदुखेको टाउको 

 

छैनन रे पार्टी नेता सवै एकैनास
बुझाउनै कठिन छ रे तिनको स्वार्थी प्यास 

 

निर्णयमा दवाव छ रे अनेकन ठाउँको
तल माथि पर्नै हुन्न तिनले खोज्ने भाउको

 

जनताले देख्दा मात्र ठुलो मान्छे मन्त्री
बिपक्षले भन्ने गर्छन भइनस गणतन्त्री

 

मतदाता गुनासो छ गरेनौ है राम्रो
जाबो सानो काम पनि गरिदेनौ हाम्रो

 

पत्रकारको घोचपेच सुस्त काम गराइको   
झुटको जस लिन खोजे आउँछ दोष पराइको 

 

कहिले त दिक्क लाग्छ ग्लानी बोक्नु कति ?
झण्डाले नै कुरिकुरी गर्न थाल्छ अति ।।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार