• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

पाल्पा । पाल्पाको रामपुर नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् ।

 

नेकपा एमालेका प्रतिस्पर्धी शिव अर्याललाई ३७३ मतले पराजित गर्दै थापा दोस्रो पटक मेयरमा विजयी भएका हुन् ।थापाले १० हजार ४५६ मत ल्याउँदा अर्यालले १० हजार ८३ मत पाएको निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।

 

उपप्रमुखमा नेपाली काँग्रेसकै बालकुमारी थापा निर्वाचित भइन् । उनले एमालेकी दुर्गादेवी रानालाई ५७ मतले पराजित गरेकी हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार