• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

भरतपुर : १८५८३ मत गणना, विजय सुवेदीलाई उछिन्दै रेणु दाहालले लिइन् अग्रता (पछिल्लो मत परिणाम)

चितवन । भरतपुर महानगर पालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर ५ को मतगणना जारी रहँदा मेयर पदका उमेदवार रेणु दाहालको नेकपा एमालेका उमेदवार विजय सुवेदीसँग मतान्तर बढाउँदै गएको छ ।

 

 पछिल्लो मतगणनाअनुसार दाहाललाई ९२ मतको अग्रता छ ।माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ६२०७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ६११५ मत प्राप्त गरेका छन ।

 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०२२ मत पाएका छन् ।यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ७५५८ मतका साथ अग्रता कायम राखेका छन ।

 

स्थानीय तह निर्वाचनमा भरतपुर  महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।भरतपुरमा सुवेदी र दाहालबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार