• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

काठमाडौ : निरन्तर शाह र डंगोलको अग्रता (अपडेट)

काठमाडौ । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

 

शाहले  ४ हजार ४५७  मतान्तर बनाएका छन् । काठमाडौं महानगरपालिकाको पछिल्लो नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार ६१४ मत प्राप्त गरेका छन ।मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका छन् । 


एमालेका केशव स्थापितले ५१५७ र काँग्रेसका सिर्जना सिंहले ४४७७ मत प्राप्त गरेकी छन् । १८ हजार मत गन्दा ५ बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले  बताएको छ ।

 

 पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । 


उपमेयरमा भने एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत प्राप्त गरेका छन् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार