• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

भरतपुर : विजय सुवेदीलाई उछिन्दै रेणु दाहालले लिइन् अग्रता(पछिल्लो मत परिणाम)

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनामा गठबन्धनका उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन ।

 

महानगरमा १५ हजार ३१ मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले ५ हजार ३९ मत ल्याएकी छन्  भने एमालेका विजय सुवेदीले ५ हजार २७ मत ल्याएका छन् ।


  
बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २११४ मत पाएका छन् । उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ मत पाएका छन भने  राप्रपाकी हिमला गुरुङले ४ हजार ४२ मत प्राप्त गरेकी छन ।

 

स्थानीय तह निर्वाचनमा भरतपुर  महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।भरतपुरमा सुवेदी र दाहालबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार