• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौँ । गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

 

जलवायु परिवतर्नबारे जनचेतना फैलाउन सगरमाथा आरोहण अभियानमा रहेका उनीसहितको टोलीले आज (सोमबार) सफल आरोहण गरेको हो ।



इम्याजिन नेपाल एक्सपिडिसनले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्ममा आफ्नो टिमका सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

 

आरोहण नेतृत्व लिएका मिङ्गमा जीले विना अक्सिजन सफल आरोहण गरेका हुन् ।आरोहणकै क्रममा क्याम्प २–३ अर्थात् ६ हजार ५७४ मिटर उचाइमा पुगेर गायक लामाले एकल साङ्गीतिक प्रस्तुति पनि दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार