• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

१८ हजार मत गणना हुँदा बालेन शाहलाई ७ हजार ६९२ मत (अपडेट)

काठमाडौ । काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौं महानगरपालिकाको पछिल्लो नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार ६९२ मत प्राप्त गरेका छन ।


एमालेका केशव स्थापितले ३९८२ र काँग्रेसका सिर्जना सिंहले ३४८६ मत प्राप्त गरेकी छन् । १८ हजार मत गन्दा ५ बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले  बताएको छ ।

 

 पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार