• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

पोखरा : १११९७ मत गणना, एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको अग्रता(पछिल्लो मत परिणाम)

पोखरा । पोखरा महानगरपालिकाको पछिल्लो मत परिणााम आउने क्रम जारी छ । पोखरामा अहिलेसम्म  १११९७ मत गणना भएको छ । पछिल्लो मत परिणाम अनुसार महानगरपालिकाको मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीका  धनराज आचार्यले  अग्रता लिएका छन ।


 एकीकृत समाजवादी पार्टीका आचार्यले ४४७८ मतसहित अग्रता कायमै राखेका छन भने  एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका कृषण थापाले ४१२४ मतका साथ आचार्यलाई पछ्याई रहेका छन । पोखरामा पनि  कडा प्रतिस्पर्धा देखिएको छ । 

 
उपमेयरमा   एमालेका तर्फबाट उम्मेदवार बनेकी मञ्जदेवी गुरुगंले ४७१४ मत प्राप्त गरेकी छन भने  सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कोपीला रानाभाटले ४५७० मत प्राप्त गरेकी छन । यसरी हेर्दा उपमेयरमा पनि  रोचक प्रतिस्पर्धा देखिएको छ । 

 

तस्वीर : सुष्मा पौडेल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार