• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

मध्यपुर थिमिको मेयरमा काँग्रेस, उपमेयरमा एमाले अगाडि

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

 

गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका सुरेन्द्र श्रेष्ठले ८०० मत गन्दा ४३७ मत पाएका छन्। उनलाई एमालेका मदन सुन्दर श्रेष्ठले २८६ मतसहित पछ्याइरहेका छन्।

 

पछिल्लो परिणाम अनुसार उपमेयरमा एमालेकी उत्तरा नेपालले ३३६ मत सहित अग्रता लिएकी छन् भने उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठले २९६ मतसहित पछ्याइरहेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार