• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

काँग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन देउवाको अपिल(यस्तो छ प्रतिबद्धता)

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन् ।

 

उनले आज एक अपिल जारी गर्दै काँग्रेसको नेतृत्वमा दशकौँसम्म भएका लोकतान्त्रिक सङ्घर्षको अविराम यात्राका थुप्रै आरोह–अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैँ बनाउने अवसर प्राप्त गरेको उल्लेख गरेका छन् ।


‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा काँग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम हाम्रासामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको हो र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सबै जानकार नै छौँ’, उनले अपिल गरेका छन् ।

 

स्थानीय तहमा के गर्छौ ?
 
.
- स्थानीय सरकार नागरिकको सेवकमा रुपान्तरण
- जनतामुखी नीति उत्तरदायी शासन
- सबैलाई शिक्षा र सीपमूलक तालिमको अवसर
- वडाबाटै नागरिकमैत्री सेवाप्रवाह,घरदैलोमा सेवा
- “अगुवा विद्यालय”को स्थापना
- सबै टोल र गाउँमा इन्टरनेटको सुविधा  
- सार्वजनिक स्थानमा निःशुल्क वाईफाई
- छात्रालाई निःशुल्क सेनिटरी प्याड
- पर्याप्त शिक्षक दरवन्दीको व्यवस्था
- एक शिक्षक एक ल्यापटपको व्यवस्था
- शिक्षामा हुने लगानी अहिलेको दोब्बर
- स्थानीय तहलाई स्वास्थ्यमा १० प्रतिशत बजेट
- निःशुल्क सुत्केरी सेवा, रु.५ हजार सुत्केरी भत्ता
- ६५ वर्षमै जेष्ठ नागरिक भत्ता
- सबै नागरिकलाई स्वास्थ्य बीमा
- ६५ बर्षमाथिका सबै र विपन्न,दलित,एकल महिला र अपांगलाई निःशुल्क स्वास्थ्य बीमा
- ४० बर्ष माथिकालाई बार्षिक प्रेसर,सुगर,मुटु,मृगौला, दम र क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था
- मृत्यु संस्कार खर्च ब्यहोर्ने व्यवस्था
- साना किसानलाई रु १० हजारको क्रेडिट कार्ड र २ प्रतिशत ब्याजमा कृषि ऋण  
- मझौला र ठुला किसानलाई ४ प्रतिशत ब्याजमा कृषि ऋण
- अति विपन्नलाई रासन दिने व्यवस्था,
- बाढी–पहिरो,डुबान,खडेरी प्रभावित किसानलाई राहत
- सबै पालिकामा कृषि तथा पशुपन्छी÷भेटेनरी अधिकृतको व्यवस्था
- वडा तहमा नायव प्राविधिक सहायकको दरबन्दी  
- ग्रामीण केन्द्रलाई बजार र शहरसंग जोडने सडक निर्माण
- सबै स्थानीय तहमा विद्युतीकरण
- विद्युत्बाट खाना पकाउने वातावरणको सिर्जना
- एक स्थानीय तह एक पर्यटन पूर्वाधार
- एक वडा एक खेल मैदान
- एक स्थानीय तहमा,एक पार्क
- घरघरमा शुद्ध खानेपानी वितरण
- सम्भाव्य सबै जमीनमा बाह्रै महिना सिँचाई  
- हरेक तहमा उद्यम विकास केन्द्र र रोजगार बैंक
- वैदेशिक रोजगारीमा जानेलाई सीपमूलक तालिम
- एक बर्षभित्रै संविधानका अधिकार लिने कानून निर्माण
- न्याय सम्पादनमा जनशक्तिको व्यवस्था
- पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण
- यथार्थपरक बजेट निर्माण
- भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन
- १ हेक्टर भन्दा कम वन रहेका ३०५ भन्दा धेरै स्थानीय तहमा वनको विकास
- ‘फोहरबाट मोहर आर्जन’ गर्ने कार्यक्रम
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड, सडक मापदण्ड, सुरक्षित बस्ती विकास र बस्ती एकीकरण सम्बन्धी नीति, योजना, कार्र्यक्रम कार्यान्वयन,
- ’दलितसँग सरकार’ कार्यक्रम सञ्चालन
- महिला हिंसामुक्त स्थानीय तह घोषणा
- स्थानीय तहका सबै सावर्जनिक सेवा, स्थान तथा अन्य सुविधाहरूमा अपांगको प्रतिनिधित्व र पहुँच सुनिश्चितता  
- बालहित सुनिश्चित
- सम्वन्धित स्थानीय तहको भाषा साहित्य र कलाको संरक्षण  

 

 

 

 

कांग्रेस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार