• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा : कोलम्बोमा हिंसात्मक झडप, दर्जनौं धाइते

काठमाडौं । श्रीलंका सरकारविरुद्ध व्यापक प्रदर्शनकाबीच प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएका छन् ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताइएको छ ।

 

 देशमा आर्थिक संकट देखिएपछि उग्र भएको प्रदर्शनले राष्ट्रपति गोटाबाया र उनको मन्त्रीमण्डलका मन्त्रीहरुलाई राजीनामा दिन निरन्तर दवाब बनाइरहेको छ ।सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन्।

 

यसैबीच सरकार विरोधी र समर्थक बीच कोलम्बोमा हिंसात्मक झडपमा दर्जनौं व्यक्ति धाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिनुका साथै उत्तरी, दक्षिणी र मध्य कोलंबोमा अनिश्चितकालीन कर्फयू लगाइएको छ ।

 

प्रहरी र अस्पतालका अधिकारीहरूका अनुसार उक्त हिंसात्मक झडपमा सत्तारुढ पार्टीका एक जना सांसदसहित दुई जनाको ज्यान गएको छ भने करिब एक सय ४० जना घाइते भएका छन्।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार