• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

गठबन्धनको भरोसा नभएको भन्दै आफ्नै बलबुत्तामा चुनाव लड्न आफ्ना उम्मेदवारलाई प्रचण्डको निर्देशन

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गठबन्धन सबै ठाउँमा क्लियर हुन नसकेको भन्दै धोका हुन सक्ने बताएका छन ।


 आज (सोमबार)  कैलालीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनको मुख्य दल कांग्रेसबाटै धोका र षडयन्त्र हुन सक्ने भन्दै उनले आशंका व्यक्त गरेका छन् । 

 

कांग्रेसको गतिविधिले गठबन्धनको भरोसा नभएको भन्दै आफ्नै बलबुत्तामा चुनाव लड्नसमेत आफ्ना उम्मेदवारलाई निर्देशन दिएका छन ।गठबन्धनमा कैलारी गाउँपालिकाको अध्यक्ष पद माओवादीलाई दिने सहमति भएको थियो, तर कांग्रेसले अगाडि नै आफ्ना स्थानीय नेतालाई अध्यक्षका लागि टिकट दिइसकेको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

 

‘गठबन्धनमा कांग्रेसको भूमिका राम्रो नदेखिने संकेत देखिएको छ,’ उनले भने, ‘उसले ठाउँठाउँमा बागी उम्मेदवार खडा गरेर चुनाव जिताउने प्रयत्न पनि गरिरहेको छ,' प्रचण्डको यस्तो अभिव्यक्ति पछि सत्तारुढ गठबन्धनमा तिक्तता आउन सक्ने अनुमान कतिपयको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार