कक्षा १२ को परीक्षा केन्द्र निर्धारण

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ ।
बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन पनि परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।परीक्षा केन्द्र विवरण बोर्डको वेभसाइट https://www.neb.gov.np मा पनि हेर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस