• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

वरिष्ठ हास्य कलाकार श्रेष्ठको स्वरमा ‘एउटा सपना छ’ सार्वजनिक

काठमाडौं । वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतमा लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

 

 गीतकार तथा संगीतकार पुष्पन प्रधानले ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरेका छन् । बुधबार श्रेष्ठको ७२औं जन्मदिनको अवसरमा गीत सार्वजनिक भएको हो।

 

 गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाँइको छायांकन र सम्पादन रहेको छ । 

 

भिडियो :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार