• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

निजी शैक्षिक संस्थाले हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय नमान्ने

काठमाडौं ।निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।

 

  निजी शैक्षिक संस्थाहरुले हप्तामा २ दिन बिदा दिँदा विद्यार्थीहरुमा प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा गराउन नसकिने भन्दै  सरकारको यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

 

सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारि निर्णय गरेको उनीहरुको गुनासो छ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए ।

 

उनले सरकारले दुई दिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिवार बाहेकका दिनमा खुल्ने अडान लिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार