कविता : एक्लो भएर भोगें
भोगें जिन्दगीलाई, धेरै भोगें
कति रोएर, कति हाँसेर
लाग्छ अब त पुगि नै सक्यो
जति भोगे पनि यति नै हो ।
खेलौना खेल्दाको त्यो रमाइलो
हुर्किंदै जाँदा कति भोगें
तरुनो हुँदाको कुत्कुतीमा
लहरिंदै गएर भोगें
आफू जन्मिदा एक्लो थिइनँ
जति ऐक्लो अहिले छु
उमेरले छोडिसकेपछिको यो जिन्दगी
झन् एक्लो भएर भोगें ।
प्रतिकृया दिनुहोस