• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

उदय सोताङको स्वरमा 'थाहा छैन' सार्वजनिक

काठमाडौँ । प्रेम बिछोडको कथामा आधारित म्युजिक भिडियो 'थाहा छैन' सार्वजनिक भएको छ।

 

यस गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपालका  गायिका गीता शर्माको  कर्णप्रिय आवाज रहेको छ ।  गीतकार सुमन योञ्जनको मर्मस्पर्शी  शब्द रहेको यस गीतलाई स्वयम् गायक सोताङले संगीतवद्द गरेका हुन्।  गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ।  

 

भिडियोमा मुकुन भुषाल र बिमला लिम्बुको शसक्त अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्।  सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा  तयार पारिएको हो।

 

  देविथान म्युजिकको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार योञ्जनको शब्दमा 'फिदा' 'पानी पिउने, 'सरु सरु लाग्यो' 'कालापानी' लगायत म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।  

 

भिडियो : 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार