• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल रुसको निशानामा पर्ने पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई चेतावनी दिएका छन् ।

 

रुसको सेन्ट पिट्सवर्गमा विधायकहरुलाई सम्बोधन गर्दै पुटिनले युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल रुसको निशानामा पर्ने धम्की दिएका छन् ।'हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्नुपर्दैन ,आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ,' उनले भने।आफ्नो चासो, स्वार्थ र वर्चश्व रक्षा गर्न आवश्यक पर्ने जस्तोसुकै सामग्री वा हतियार प्रयोग गर्न नहिच्किचाउने पुटिनको भनाई छ ।

 

उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ।युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो।अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन्।एजेन्सी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार