• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

आजदेखि एसईई परीक्षा सुरु,४ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी सहभागी

  काठमाडौं । आज शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ ।

 

परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित हुँदैछन् ।परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । 

 

परीक्षाका लागि देशभरि २ हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदै छन् ।

 

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदै छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार