• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
विचार

घोषणापत्रमा यी विषयहरू अट्न सकुन !

चुनावमा सरिक हुने हाम्रा आदरणीय जनप्रतिनिधिहरूका घोषणापत्रमा यी विषयहरू अट्न सकुन !

 

गाउँ, समाज र राष्ट्रको उज्ज्वल भविष्यका निमित्त

नवीन प्रविधि, ज्ञान्, सीप र स्थानीय स्रोत साधनको अधिकतम उपयोग/प्रयोग हुने गरि हाम्रा नीति तथा कार्यक्रम, योजना र बजेट तर्जुमा गर्नुपर्छ।कार्यक्रमहरूको कार्यान्वयनको सुनिश्चितता कायम गरि प्राथमिकताका आधारमा सञ्चालनमा ल्याउन अपरिहार्य हुन्छ। ताकी आम मानिसलाई जनप्रतिनिधि र सरकार प्रति पुर्ण भरोसा जाग्न सकोस्।जबसम्म हामी गाउँका कुना कन्दरा दुर दराजका कथा, व्यथा र भोगाइसँग एकाकार हुन सक्दैनौं, बुझ्दैनौ वा तिनका आवाज र आकाङ्क्षाहरूलाई अनुभुति गर्ने सामर्थ्य राख्दैनौ तबसम्म हाम्रो स्तर जहाँको त्यहीँ रहन्छ।त्यसैले ती तमाम आकाङ्क्षा र अनुभुतीहरुलाई आत्मसात गरि तदारुकताका साथ उभिनु आजको आवश्यकता हो।

 

त्यसैले अब हामी सपना देख्नका लागि मात्र फुर्ती नझारौ, काम गरि सकारात्मक परिणाम ल्याउने दृढ संकल्पका साथ लागौं जसले देशको समग्र आर्थिक विकास र समाजलाई सकारात्मक परिवर्तनको बाटोमा लैजान सकोस्।

 

सबैको सहभागितामा,सबैको साथ,समर्थन र समन्वयमा एकाकार भै समग्र राष्ट्रको उत्थानमा सक्दो योगदान गरौँ, जसका लागि हामी व्यक्तिगत स्वार्थ भन्दा माथी उठौ र भगिरथ परिश्रम गर्न प्रयत्न गरौँ । विचलित भएर होइन, क्षणिकका लागि त झन् हुँदै होइन, बरू बढो संयमता, परिपक्वता,इमानदारीता,स्वच्छता र बस्तुस्थितिका आधारमा मात्र धारणाहरू सार्वजनिक गरौँ ताकी यसले समाजमा उब्जने अविश्वास,विरोध र प्रश्नहरू प्रती सदैव सचेत बनौं।

 

हामिले मुलतः यी सबैका साझा सरोकारका विषयमा छलफल, संवाद गरि सोही बमोजिम नीति तथा कार्यक्रम तर्जुमा गर्ने, दिर्घ योजनाको निर्माण गर्ने, बजेटको व्यवस्थापन र योजनाको कार्यान्वयनको सुनिश्चितता गरि अघि बढ्न सके अपेक्षित प्रतिफल प्राप्त गर्न सकिन्छ। असल कर्ममार्फत सबैतिर उत्साह, प्रेरणा, संस्कार, सम्मान, हार्दिकता, एकता र मेलमिलापको विकुल फुक्ने सन्देश प्रवाह गर्ने सामर्थ्य आर्जन गर्ने प्रयत्न जारी राखौं। 

 

१. सरल सहज रूपमा गुणस्तरीय स्वास्थ्य र शिक्षामा सबैको समान पहुँच सुनिश्चितता गर्नुपर्ने, पाठ्यक्रमहरू तयार पार्दा स्थानीय वातावरणलाई आत्मसात गरि तर्जुमा गर्नुपर्ने, जसले सीपमुलुक शिक्षाका माध्यमबाट आम मानिसको जिविकोपार्जनलाई सरल बनाउछ। पढ्दै,सिक्दै र आय आर्जन गर्ने कार्यक्रमहरूलाई कार्यान्वयन गर्दै सञ्चालन गर्नुपर्ने, 

 

२. पारदर्शिता, जवाफदेहिता, इमानदारीता, नागरिकको सेवामा निरन्तरता, मितव्ययितता, असल राजनीतिक संस्कारमा अटल रहने जिम्मेवारी अख्तियार गर्नुपर्ने, 

 

३.सडक, सञ्चार, विद्युत, खानेपानी, सिचाइ र यातायात जस्ता आधारभूत परियोजनालाई दिगो, सुरक्षित, विश्वासनिय र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रका बिज्ञसंग परामर्श गरि सेवाहरूलाई सहज, सरल, छिटो/छरितो बनाउने कार्यमा अग्रसरतामा लिनुपर्ने, 

 

४.प्रत्येक सामुदायिक विद्यालयमा पुस्तकालयको व्यवस्था,प्रविधिमा आधारित अध्यन/अध्यापन गराउन आवस्यक पुर्वाधारको व्यवस्थापन गर्नुपर्ने, विभिन्न खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने,

 

५.व्यक्तिगत र सामुदायिक बाझो जमिनको उपयोग सम्बन्धमा सम्बन्धित क्षेत्रका बिज्ञसंग परामर्श गरि सोही बमोजिम भाडामा वा सामुहिक खेतिका निम्ति अग्रसरता लिने,साथै जथाभावी जग्गा प्लटिङलाई पुर्ण रूपमा नियन्त्रण गरि कृषि खेतिका लागि सहजीकरण गरिदिने व्यवस्था अनिवार्य लागू गर्नुपर्ने,पारिवारिक खेती, सामुदायिक खेती, सहकारी खेती, बाँजो जग्गामा खेती गरी उत्पादन बढाइयोस् । कृषि उपजलाई औद्योगीकरणको प्रक्रियामा लैजान युवालाई अगाडि बढाइयोस् । उत्पादन र औद्योगीकरणको प्रक्रियामा विशेष प्याकेजमार्फत अगाडि बढाइयोस् । कृषि अध्यन केन्द्र, तालिम केन्द्र र कृषि शिक्षालयलाई प्राथमिकतामा राखी अध्यन,अनुसन्धान र नवप्रवर्तनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, 

 

६. एकल महिला, अभिभावक गुमाएका बालबालिका लाई निशुल्क शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास र रोजगारीको सुनिश्चितता गर्नुपर्ने,

 

७. पालिकाहरूले  स्थानीय स्तरमा सुलभ, सुरक्षित, सहज र सरल रूपमा आवतजावतका लागि सार्वजनिक यातायातको व्यबस्थापन गर्नुपर्ने, 

 

८. जनतालाई सुसूचित मतदाता, मैले किन भोट गर्ने ?  मताधिकारको प्रयोग कसरी गर्ने ? भन्ने बारे सचेतनामुलक कार्यक्रम सँगसँगै लाने अभिभारा राजनीतिक दलले पूरा गर्नुपर्ने, 

 

९. उच्च शिक्षा आर्जनका आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिको सुनिश्चित गरिनुपर्छ । जसले गर्दा एमबीबीएस, CA, Engineering पढ्ने विद्यार्थीलाई उत्साह, प्रेरणा र सहयोगको आड भरोसा  पालिकाले दिनुपर्ने,

 

१०. शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, रोजगारी सिर्जना र आम मानिसको जिविकोपार्जनका निमित्त कम्तीमा १० वर्षीय कार्य योजनाको बृहत् खाका तयार गरि कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने, 

 

११. मितव्ययी, पारदर्शी, सुशासन, नैतिकता, इमानदारीता, सबैसँग समन्वय, सहकार्य गर्दै असल संस्कार सहितको समाज निर्माणमा निरन्तर कटिबद्ध लाग्नुपर्ने, 

 

१२. स्थानीय पर्यटकीय स्थलहरूको पहिचान गर्ने र प्रचार प्रसार गर्दै आवश्यक पर्ने पुर्वाधारको भरपर्दो र दिगो बिकास लागि दृढताका साथ प्रस्तुत हुनुपर्ने, 

 

१३. शिक्षकहरुले अवकाश हुनु अगाबै राजनिती गर्न नपाइने सुनिश्चितता गरिनुपर्ने वा राजिनामा स्वीकृत भए पश्चात् मात्र लाग्न पाइने सुनिश्चितता गर्नुपर्ने, 

 

१४. पालिकाभित्रका शिक्षक, कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका व्यक्तिहरू सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यायलमा पढाउने गरी ऐन, नियम बनाइयोस् । यस्तो नियम लागू हुन सकेन भने पनि जनप्रतिनिधिले आफ्नो छोराछोरी सामुदायिक विद्यालयमै पढाओस् । प्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी पढाएपछि सामुदायिक विद्यायप्रति चासो बढ्छ र स्तरोन्नति हुन्छ , 

 

१५. भ्रष्टाचार रोक्न र शून्य सहनशीलता कायम राख्न सबैलाई अभिप्रेरित गर्ने, भ्रष्टाचार गर्नु भनेको मातृभुमि र देशप्रति गरेको सबैभन्दा अक्षम्य कर्म हो भन्ने चेतना  विस्तार गर्ने, सोका बारेमा आम सर्वसाधारणलाई सुसूचित गराउने, यदि कसैले गरेको पाइएमा तत्काल निलम्बन गर्ने र निष्पक्ष छानबिनको दायरामा ल्याइ तिनपुस्ते असुल उपरको सुनिश्चितता गरिनुपर्ने, 

 

१६. बजेट तर्जुमा गर्दा जनमुखी,गाउँमुखी,स्थायित्व दिगो,सबैलाई न्यायोचित र सन्तुलन हुने गरि स्पष्ट नीति तथा कार्यक्रमको छनोट गर्ने,कुशल योजना निर्माण गर्नुपर्ने र आवश्यक बजेटको सुनिश्चितता गर्नुपर्ने,

साथै कार्ययोजनाहरू समयमै सप्पन्न भए नभएको, गुणस्तर र पारदर्शीता जाँच गर्नका स्वच्छ र स्वतन्त्र अनुगमन समितिको गठन गर्नुपर्ने,  

 

१७. तपाईं हामी सबैको अथक सहयोग,समर्थन,मिहेनत र आपसी एकताको बलले नै हामी हाम्रो स्थानीय सरकारलाई पुर्ण सफल र उदाहरणीय बनाउने यात्रामा  कटिबद्धताका लाग्न एकमत निर्माण गर्नुपर्ने, 

 

१८. तपाईं हामी कसैले पनि मातृभुमी र देशलाई लुट्ने होइन, ठगने होइन हामिले त यसलाई सिञ्चित गर्ने हो, उर्वर बनाउने हो, करोडौं नागरिकले आफ्नो पसिना बगाएर कमाएको आम्दानी बाट राज्यलाई तिरेको करको सहि सदुपयोग गरेर गाउँ, समाज र राज्यलाई सबल, आत्मनिर्भर, उत्पादनशिल क्षेत्रमा व्यापक लगानी गर्नुपर्ने र अरुलाई दिन सक्ने स्थानमा उभ्याइ तपाईं हामी सबैले एक अर्कालाई गौरवान्वित बनाउने हो, तसर्थ हामी पुर्ण इमानदार भयौं भने समग्रमा देशको सुदुर भविष्य निकै सुन्दर र गर्विलो बन्ने छ। 

 

१९. बिपदको दिगो व्यबस्थापन, समाधान र मानव श्रमको उपयोग गरि रोजगारी सिर्जनाका लागि डोजरे बिकासको अन्त्य गर्नुपर्छ। 

 

२०. हाम्रा वरिपरि उपलब्ध भएका प्राकृतिक स्रोत साधनहरूको अधिकतम उपयोग गर्नमा उच्च प्राथमिकता दिनुपर्छ, ताकी स्थानीय सिप, ज्ञान्, दक्षता र क्षमताको भरपुर प्रयोग होस्, परिणामस्वरूप जिविकोपार्जनमा सहजता होस्, 

 

२१. स्थानीय स्तरमा उत्पादनलाई बढवा दिन आम कृषकहरूलाई हौसला दिनुपर्ने, आर्थिक रूपमा सहुलियत गर्नुपर्ने, देशभित्र उत्पादित बस्तु तथा सेवाहरूको बजारीकरण गर्ने, व्यबस्थापन गर्नुपर्ने,उचित मुल्यको सुनिश्चितता गर्नुपर्ने र श्रम अनुसारको भुक्तानीको सुनिश्चितता गर्नुपर्ने, 

 

२२. वैदेशिक मुद्रा संचितिलाई सन्तुलनमा राख्न विलासी बस्तु तथा सेवाहरू र आधारभुत आवश्यकता भन्दा बाहिरका बस्तु तथा सेवाहरूको आयात पुर्ण रूपमा नियन्त्रण गर्नुपर्ने, विदेशमा श्रम गरिरहेका सबै दाजुभाइ दिदिबहिनीहरूलाई राज्यले विशेष सुबिधा प्रदान गर्नुपर्ने, ताकी उनीहरुलाई बैंकिङ च्यानल मार्फत पैसा पठाउन प्रोत्साहन मिलोस, मुलुकलाई सप्पन्न बनाउन भन्सारको कमाइ भन्दा पनि कर राजस्वको कमाइबाट चलाउने विधि अवलम्बन गर्नुपर्ने, देशलाई समृद्ध बनाउन कृषि, उर्जा र पर्यटनलाई विषेश ध्यान दिनुपर्ने,जो कोहीले कुनैपनी कामकारबाहीको सिलसिलामा जानीजानी वा गलत मनसाय राखेर सम्पादन गरेको पाइएमा/ठहरिएमा निजलाई कानुन अनुसारको सजायको भागिदार बनाउनुपर्ने।

 

अन्त्यमा, असल राजनितीज्ञ वा राजनीतिक दलले अर्को पुस्ताको वा भोलिको भविष्यको चिन्ता लिनुपर्छ र सोही यात्रामा अनवरत हिड्न सदैव प्रयत्न गरिराख्नु पर्छ। अनि पो नेतृत्वकर्ता असल नेताको रूपमा दर्ज हुन्छ र पुस्तौंसम्म अजर अम्मर रहन्छ। 

 

त्यसैले तपाईं हामी कसैले पनि सिर्फ चुनाव जित्ने महत्त्वकाङ्क्षा र भोटको राजनीतिलाई सदाका लागि बन्द गरौँ । आफ्नो असल कर्म मार्फत आफु, गाउँ र समाजलाई उदाहरणीय र प्रेरणादायी बनाउने लामो यात्रामा सरिक हुने कोशिश गरौँ । दुनियाँ बदल्न भन्दा पहिला हामी आफू बदलौ, हाम्रो आफ्नो ढंग बदलौ, हाम्रा तमाम कमिकम्जोरीहरूलाई निराकरण गर्दै सक्षम र क्षमतावान बनौं। 

 

समाजलाई बदल्न सक्ने क्षमतावान,अनुभवी,इमानदार आर्थिक रूपमा सदैव पारदर्शी भएका/भैरहने र सबैले स्वीकार गर्ने नेतृत्व चयन गरौँ । आजको प्रतिस्पर्धात्मक तथा परिवर्तनशिल वातावरणमा हुर्किरहेका आम मानिसका आकाङ्क्षाहरूलाई सम्बोधन गर्नका निम्ति हरेक क्षेत्रमा आवद्ध चाहे त्यो राजनीतिक व्यक्तित्व होस् या उद्यमी,व्यापारी,कर्मचारी वा अरु कुनै, हामी जो जहाँ भएपनी सफलता प्राप्त गर्न हामीले निम्न कुराहरूलाई सदैव आत्मसात गरि अनुसरण गर्नु अपरिहार्य छ । सकिन्छ भने प्रत्येकले आफ्नो कार्यालय कक्ष भित्र र कार्यालय परिसर वरपर यी कुराहरूलाई ठुलो अक्षरमा सरल र साङ्केतिक दुवै भाषामा सबैले बुझ्ने र देख्ने गरि टास्ने,

 

१. स्पष्ट दुरदृष्टि     

२. इमान्दारीता     

३. सञ्चार क्षमता 

४. आत्मविश्वास     

५. सिर्जनशिलता   

६. अनुशासित 

७. मार्गदर्शन गर्ने क्षमता 

८. आत्म-उत्प्रेरित 

९. चतुर 

१०. धैर्य 

११. प्रतिस्पर्धी 

१२. आशावादी

१३. मिहिनेती 

१४. जोखिम वहनकर्ता

१५. प्रभावशाली व्यक्तित्व 

१६. समय सचेतता   

१७. खुला बिचारधारा

१८. अवसरको लाभ उठाउने क्षमता

१९. वातावरणप्रति संवेदनशिल 

२०. नेतृत्वको गुण २

१. नैतिकवान 

२२. पारदर्शी 

 

स्थानीय निर्वाचमा उम्मेद्वारहरूले लिखित स्वघोषणा गर्नुपर्ने पाँच विषय !

१. आफू बहाल रहेको स्थानीय तहलाई बुझाउनुपर्ने जिन्सी वा नगदी बुझाइसकेको छु वा कुनै किसिमको हिनामिना गरेको छैन,

३. आफुले लिएको पेश्की वा बेरुजु बाकी छैन,

४. स्थानीय तहसङ्ग कुनैपनी आर्थिक वा ठेक्का सम्बन्धि कारोबारमा कुनै पनि प्रकारको संलग्नता छैन,

५. सम्पत्ति विवरण तल माथी गरेको छैन भनी लिखित रूपमा स्वघोषणा गर्ने गरौँ ताकी यस कार्यले सबैलाई अनुशासनमा राख्न र पारदर्शी बन्न सहयोग गर्छ र सफल प्रतिनिधि बनाउन मद्दत गर्छ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार