• बुधबार २-४-२०७९/Wednesday 05-18-2022
विचार

मेरा महान आमा–बुवा र दाजु–दिदि ! 

तिमी मलाई असल आमा देउ म तिमीलाई एउटा असल राष्ट्र दिनेछु : फ्रान्स राष्ट्रपति नेपोलियन बोनापार्ट  



आमाको काख भन्दा अर्को ठूलो कुनै दुनिया“ भेटिन । आमाको महानतालाई जोख्ने तराजु कहिकतै पाईन् जब आमाका कुरा सुन्थे म मनमा धेरै प्रश्नहरू दिमागमा खेलाइरहेको हुन्थे। सोच्थे हुनत सवैको आमा महान नै हुन्छिन् तर जब जब मेरी आमाको यस्तो संघर्षको कुराहरू सुन्छु अनि लाग्छ ती महान आमाहरू मध्ये मेरी आमा विशेष छिन् ।

 

आमा तपा“ईले जिन्दगीको लडा“इको रङ्खतारमा आङ्खना कयौं सपनाहरू सहिद बनाएर भगवानको रूप नलिएको भएका हामी तिम्रा सक्षम छोरा–छोरी हुन लायक हुने थिएनौं। आमा म तपा“ईको संघर्षलाई कसरी शब्दमा बयान गर्नसक्छु र ? जीवन र जंगतलाई नजिकबाट बुझेको साच्चिकै एक तपाई महान आमा हो ।


 
मैनबत्तिको रूपमा आफुलाई पगाल्दै हामीलाई उज्यालो दिएर आफु सल्किदै जा“दा पनि हरेकपल सन्तानकै खुशीको लागि प्रार्थना गर्ने मेरीे आमा तपाई भन्दा फराकिलो मन भएको अरु को नै हुन सक्छ र ? आङ्खनो सन्तानको लागि हरेक क्षणमा आफुलाई जिउँदै जलाउँदै भोक प्यास निद्रा केही नभनि चर्को घाम मुसलधारे पानीको वेग पनि नभनी सन्तानको पेट भराउनुपर्ने पिर त्यसै माथि पसिनाको धारा, अर्काको मेलापत, आमा मलाई बल्ल आज महसुस हुँदैछ कि तपाईलाई त्यति बेला कति गाह्रो हुन्थ्यो भन्ने कुरा ।

 
आमा तपाईंले आफुलाई दिएको खाजा पटुकाको छेउमा बा“धेर हाम्रो लागि लिएर आउनुहुन्थ्यो। हामी त्यो पल कति खुसी हुन्थ्यौं । आमा कति वेला आउनुहोला र आमाले ल्याइदिएको खानेकुरा खान पाइन्छ भनेर तपाईं कै बाटो ढुकेर बस्थ्यौं हामीलाई के थाहा तपाईंले आङ्खनो पेट भोकै राखेर हाम्रो लागि ल्याएकी हो भन्ने कुरा । आमा जीवनको शुरुवातदेखि नै तपाईंले गरेको दुःख र कष्ट हरेकपल हरेक क्षण मेरो मानसपटलमा घुमिरहन्छ तर अहिलेसम्म तपाईंको लागि केही गर्न सकेकी छैन । 

 

जीवनलाई राम्रोस“ग बुझेकी तर जीवनमा खुशी के हो भन्ने कुार अझैसम्म चाल नपाएकी मेरी आमा म तपाईंलाई कुन शब्दले वयान गरू“ ? सन्तानले भरिएकी मेरी आमा वास्तविकतामा तपाईं कति अभागी हुनुभयो । ५ जना सन्तानमा एउटै कोखबाट २ सन्तान लाटालाटी जन्मिनमा ५ जनामा २ छोरा ३ छोरी मध्ये १ छोरा १ छोरी लाटालाटी हुनु । ती लाटालाटीको लालनपालन र हामी वोल्न सक्ने छोराछोरीलाई हुर्काउन, बढाउन, पढाउन कति गाह्रो भयो होला । 

 

आमा म बुझ्न सक्छु तपाईंको जवानी पिडामै वित्यो । दिनवित्यो । रात वित्यो महिना वित्यो । कयौं साल पनि वित्यो र त्यो बुढेसकालमा पनि तपाईंको हाल उही छ । तपाईले जहिले भन्ने गर्नुहुन्थ्यो मैले नपढे पनि मेरो छोराछोरीले पढुन मैले मेरो जीन्दगी घा“स, डोको मेलापात गरेर विताए मेरा छोराछोरीलाई जीवनमा मलाई जस्तो दुःख भोग्न नपरोस भन्नु हुन्थ्यो । 

 

१३ वर्षको कलिलो उमेरमा विवाह गरेकी मेरी आमा काठमाडौंमा जन्मे हुर्के तापनि माइतमै पनि कति संघर्ष गर्नुप¥यो । विवाह गरेर आएको घरमा त झन कति हो कति ठूलो सम्पन्न परिवार मेरो बुबाको ६ जनादाजु भाइ २ जना दिदीबहिनी मेरो बुबा माइलो छोरा आमा माइली बुहारी भएतापनि जग्गा जमीन  प्रसस्थ थियो बालीनाली लगाउनु पर्ने मेरो ठुलो बुबा र मेरो बुबाको विवाह गरेको थियो । अरु भाइहरूको बिवाह गर्न बाँकी नै थियो मेरो आमाको बालिनाली, गाईवस्तु, पानीपँधेरो घाँसपात भातभान्सामा नै जीवन विताउनुपर्‍यो । बुवा सधैं जागिरको सिलसिलामा उपत्यका बाहिर जानुपर्ने । अनि घरका सारा काम अनि छोराछोरीहरू हुर्काउनुपर्‍यो । आमा तपाईंका पनि कयौं सपना र रहरहरू थिए होला सन्तानको खुसी खोज्नमा समर्पित भयो । 

 

आमा तपाईंलाई छोराछोरी साना हु“दासम्म लाग्थ्यो होला यिनीहरू ठूला भएपछि मेरो पनि सुखको दिन आउनेछ । तर आमा जब छोराछोरी ठूला भए आ–आङ्खनो बाटो लागे तपाइको दुःख तपा“इको संघर्ष जहा“को त्यहीं रह्यो । जेठो सन्तानको रूपमा छोरा जन्माएकी मेरी आमाले भन्ने गर्नुहुन्थ्यो त्यही छोरा त मेरो जीवनको साहारा । तर छोराले आमाको मुख आमाले छोराको मुख अनि हामीले दाजुको मुख कहिलै हेर्न नपाउने भएको पनि आज वर्ष दिन पुग्न लागेछ । आमाले बुढेसकालको साहारा होला भनेर हुर्काएको छोराले पनि यो बुढेसकालमा अस्ताएर आमाको दुःख जस्ताको त्यस्तै छाडेर भगवानको प्यारो बनेर जा“दा कुन आमाको मन टुक्रिदैन होला र !


जीवनमा यति ठूलो बज्रपात आयो कि तपाईंको हृदय टुक्रा टुक्रा भईसकेका छन् । बुबा बित्नु भएको ६ वर्ष मात्र भएको थियो, आ“खा ओभानो हुनपाएका थिएन । २०७८ जेष्ठ ३ गते दाजु बसन्तको  अकस्मात, अलछिना कोरोनाकाल बनी आएर हामी पहिल्यै टुहुरा भइरसकेकालाई अझै टुहरुा बनाएर हाम्रो विशाल पहाड जस्तो मन हिमाल जस्तो कन्चन मन भएको दाजुलाई हामीबाट चुडिएर लग्यो । बुबाले त हामीलाई छोडेर जानुभयो जानुभयो । दाजुले पनि आङ्खनो लालाबला, बुढीआमा, भाउजुलाई र हामीभाइ बहिनीहरूलाई कसरी छोडर जान सकेको होला ? ति स–सना भाइबहिनीहरूलाई सधै जीवन भरि आड भरोसाको अभाव खड्किरहने छ अब बाबाको अभाव हामीले ७ वर्षसम्म भुल्न सकेका छैनौं भने ति अबोध बच्चाहरूले कसरी भुल्लान ?

 

हामीले लाचार भएर हेर्नु सिवाय अरु केही गर्न सकिरहेको छैनौ । आमा तपाईंको जीवनमा यस्तो अबस्था आइपर्दा पनि तपाईंलाई अलिकति सुखको अनुभुति गराउन सकिन् । आमा तपाईंले हाम्रा लागि बगाएको रगत, पसिना आ“सु, खुवाएको दशधारा दूधको भारा म जस्तो एक लाचार छोरीले कसरी तिर्न सक्छु होला र ? आमा हामीलाई तपाईंका सन्तान हुनपाएकोमा गर्व छ र तपाईको सपनामा हामी कुनै कमि आउन दिने छैनौ । हामीलाई जीन्दगी दिने आमालाई बुढेसकालमा माया दिन सकेनौ भने हामी बा“च्नुको कुनै आचित्य पनि रह“दैन । आमालाई गरिने सम्मान माया हरेक संकटमोचन हो । आमाको आशिर्वाद छ भने सबथोक छ । त्यसैले म पनि अझैं जीवन रहुन्जेल खुसी पार्न प्रयत्न गर्नेछु र साथै आमाले दुःख गरेर हाम्रा खुशीहरू परिपूर्ति गर्ने प्रयास गर्नु भएको थियो, त्यसैगरि म पनि गर्ने प्रयत्न गर्छु गर्न सकु भनेर भगवानसँग प्रार्थना गर्दछु । 

 

दाजु र मैले सधैं हामीले बुवाको सपना पूरा गर्नु पर्छ भनेर कुरा गथ्र्यो तर दाजुले पनि सपना अधुरो राखेर जानुभयो । अब म मेरो बुबा र दाजुको अधुरो सपनालाई पूरा गर्न तत्पर हुनेछु । आज मेरो बुबा र दाजु हुनुहन्न त्यसैले मेरा लागि मार्ग निर्देशन गर्ने कोही पनि छैन । त्यो माया त्यो भरोसा त्यो बिश्वास र त्यो कडाइ त्यो अनुशासन पालना गराउने बुवा र दाजु मैले अब कहा“ पाउनु । मैले आजको दिनसम्म नराम्रो बाटो हिड्नि, कसैलाई दःख दिउ भन्ने नियत राखिन, त्यो सबै मेरो बुबाको दाजुको मेरो भविष्य प्रतिको कडा अनुशासन पालना गर्ने नियतले थियो । आमा-बुवाको लागि म एउटा आदर्श छोरी हुन जरुरी थियो र मैले सकेसम्म आफुलाई उहाहरूको निर्देश भन्दा बाहिरको घेरामा जान दिइन । बुबा, मलाई र हामीलाई तपाईका सन्तान हुन पाएकोमा गर्व छ र तपाईको सपनामा हामी कुनै पनि कमी आउन दिने छैनौ । बुवाको कमी सदैव रहनेछ र सपनामा भएपनि तपाईंलाई बेलाबेलामा देख्न पाउँदा त्यही उर्जा पाउने गर्छु जुन शरीर र सजिव हु“दा तपाईबाट पाउने गर्थे । अब अर्को जुनि पनि जन्मनु परेमा तपाईंकै सन्तान भएर जन्मन पाउ, त्यही आशिर्वाद दिनुहोस् स्वर्गबाट । 

 

बुबाले छोडेर गएपछिको यो ७ वर्षमा हजारौं पटक त्यस्ता क्षण आए जुन अनुभवलाई जस्ताको त्यस्तै बाड्न केवल बुबा आवश्यक हुनुहुन्थ्यो । त्यस्ता अनगिन्ती क्षण आए बुबालाई नभई नहुने तर बुबा बिना नै मैले जीवन सामना गर्नुपर्‍यो । यो सोच्नपनि डरलाग्थ्यो तर यो तथ्यलाई स्वीकार्नुको विकल्प नै छैन । देख्न, बोल्न अनि हुनसक्ने बुबा म स“ग हुनुहुन्न ।

 

तर बुबा र दाजुले हामी छोरी जातिलाई स्वतन्त्र र स्वालम्वी बन्न सधै प्रेरणा मात्र होइन आड र भरोसा पनि दिइरहनुहुन्थ्यो । शिक्षा र साहित्यमा सधैं हामीलाई उत्तपेरित गरिरहुनहुन्थ्यो। जीवनभर नैतिक पक्षमा कहि कतैबाट दाग लाग्ने काम उहा“हरुबाट भएन। हामीलाई पनि संधैं त्यसै भन्ने गर्नुहुन्थ्यो । त्यसैले दिदि अनिताले पनि छोरी भएरपनि बिवाह भएदेखी नै छोराले जस्तै आमाबुबा प्रती गर्नुपर्ने दायित्व पूरा गरिन र गरिरहेकी छिन् । मलाई पनि मेरी दिदिले आमाले जस्तै म जन्मे देखि आजको दिन सम्म हौसला र प्रेरणा दिरहेकी छिन् । तर मैले त दिदिले जस्तो आमाबुबा प्रती गर्नुपर्ने दायित्व पूरा गर्र्न बिभिन्न परिस्थितिको कारणले गर्न सकिन अबको दिनमा गर्र्ने  प्रण गर्दछु । भौतिक रुपमा बुबा र दाजु हाम्रा सामु हुनुहुन्न उहा“हरुले देखाउनुभएको सत्मार्गमा सदा हिड्न सकौं । त्यसैले अब म पनि दिदिले जस्तैे मेरो बर्खतले भ्याएसम्म आमा, भाउजु, सानाभाई बहिनीहरु हौसला र प्रेरणा अनि नबोल्ने दाजुलाई सदा सुखी राख्ने आत्मासाथ प्रण गर्दछु  । 

 

अधिवक्ता नेशनल ल कलेजका उप–प्राध्यापक हुनुहुन्छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार