• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

पोखरामा नाटक 'अनागरिक' मन्चन

 पोखरा । चैत २५-२७ सम्म महिला बिकास तथा कानुन मन्च, काठमाडौंको आयोजनामा जनचेतनामूलक कचहरी नाटक 'अनागरिक' पोखरामा मन्चन भयो  पोखराको पृथ्वीचोक, घारिपाटन, पृथ्वीनारायण क्याम्पस परिसर भित्र देखाईएको यो नाटकलेआमाको नामबाट पनि नागरिकता प्रदान गर्नु भन्ने मूल संदेश बोकेको छ । यस अघि योनाटक काठमाडौ र बिराटनगरका विभिन्नस्थानमा पनि देखाइएको आयोजकले जानकारी दिएको छ ।

 

संबिधानमा आमाको नाम पनि नागरिकता प्रदान गरिने भनी उल्लेख भएता पनि सोही अनुसारको कानुन बनिनसकेको अहिलेको अवस्थामा आफ्नो बुवासंग छुट्टीएर बसेका, बाबुले बेवास्ता गरेका देखि आफ्नै आमाको नामबाट नागरिकता लिन चाहना भएका धेरै नेपाली युवायुवतिले राज्यको कानुन अभावमा आफ्नै देश भित्र अनागरिक भएर बाँच्नु परेको बिषयलाई नाटकमा देखाईएको थियो।

 

नाटकमा शुत्रधार गरिरहेका कलाकारसुवास सुबेदी यो नाटक आयोजकसंग मिलेर भक्तपुर,ललितपुर,काभ्रे र कैलालिमामन्चन गरिनेजानकारी  दिए। सहिन प्रजापतिले निर्देशन गरेको उक्त नाटकमा शैली थिएटरका कलाकार सहिन प्रजापती, सरस्वती अधिकारी, कुशल बिष्ट, रबिन तामाङ, शिशिर अर्याल, अस्मिता ढकाल र सुवास सुबेदिले अभिनय गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार