• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन (नामावली सहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिमा ३७ सदस्यीय राखेर गठन गरेका छन्।

 

कांग्रेसको विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था रहेपनि कार्यसम्पादन समितिमा सभापति देउवाले ३७ सदस्यीय समेटेका छन । अन्य सदस्य भने केही दिनपछि मनोनित गरिने जनाइएको छ।

 

कार्यसम्पादन समितिमा सभापति देउवासहित १३ पदाधिकारीका साथै पूर्व पदाधिकारी रहेका छन् । पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन्। त्यस्तै सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।

 

यसैगरी कार्यसम्पादन समितिको केन्द्रीय सदस्यमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुननरसिंह केसी, सुनीलबहादुर थापा, डा.शेखर कोइराला, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार