• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेबाट आईपीओ निष्कासन गर्ने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २१ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

 

संस्थाले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। जसमध्ये जारीपुँजीको ०.५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणका आवेदन दिन पाउनेछन्।

 

यो आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।

 

 

यो आईपीओको निष्कासन बन्द छिटोमा माघ २५ गते हुनेछ। तोकिएको समयमा मागबमोजिम आवेदन नपरेको खण्डमा मात्रै यो आईपीओको निष्कासन बन्द ढिलोमा फागुन ६ गते बैंकिङ समयपश्चात हुनेछ।यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

आईपीओ निष्कासनका लागि यस संस्थालाई इक्रा नेपालले (इक्रा–आईआर) बीबी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार