• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप ६ हजार ८२७ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १९ हजार ८६९  जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

हाल  १७१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या ८९  हजार ९४१  रहेको छ  । 

 


पछिल्लो २४ घण्टामा देशभर ५ हजार  ४३२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।  यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार