• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

मौसम : आज देशको केही भागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ । तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ ।

 

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहने अनुमान छ ।

 

ती क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ । केही दिनदेखि प्रभावित रहेको मौसम बिस्तारै सुधार हुँदै जानेक्रममा रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार