• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन।  शुक्रबार बैठक बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

 

कोरोना संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट अपराह्न ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुने बताइएको छ ।

 


कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्नेगरी केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दबाव दिँदै आएका थिए ।

 

संविधानअनुसार पाँच वर्षभित्र स्थानीय जनप्रतिनिधिको निर्वाचन हुनुपर्ने भएपनि अहिले सत्ता गठबन्धनमा निर्वाचन ६ महिना सार्ने सहमति भएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार