• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

५ हजार २९२ जना संक्रमणमुक्त, १५ जनाको मृत्यु

काठमाडौं ।  मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

कोरोना  संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३७ हजार  पुगेको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार