• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

विजय र प्रमिला पहिलोपटक एकसाथ म्युजिक भिडियोमा

काठमाडौं । कलाकार विजय  बराल र प्रमिला खनाल पहिलोपटक एकसाथ म्युजिक भिडियोमा देखिएका छन्। गीतकार गोपाल लोहारको  'तिम्रो याद आयो' बोलको म्युजिक भिडियोमा उनीहरु एकसाथ देखिएका हुन्।  

 

यस गीतमा सविन सुवेदीको  स्वर सुन्न सकिन्छ । दिपक शर्माले संगीतवद्ध गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्।

 

यसअघि गीतकार लोहारको शब्दमा 'जुनमा हेरु तिमीलाई', 'किन मायामा', 'एकै छिन', 'राधा पियारीलगायतका थुप्रै भिडियोहरु सार्वजनिक भैसकेका छन्।  निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको  हो।   

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार