• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

कोरोना संक्रमणबाट नेपालगंजमा २ जनाको मृत्यु

 नेपालगंज ।  कोरोना संक्रमणबाट   भेरी अस्पताल नेपालगंजमा २ जनाको मृत्यु भएको छ ।

 

 जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको मृत्यु भएको जानकारी दिए ।

मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको थियो ।

 

कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको छ । यही माघ ४ गते पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार