• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
पत्रपत्रिका

भन्सार महसुल अब अनलाइनबाट

काठमाडौं । व्यवसायीले भन्सार महसुल अब अनलाइनबाट भुक्तानी गर्ने भएका छन् ।७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार आयोजित भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुवात गरेका हुन् ।


इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत् तिर्न सक्ने भएका छन् । अनलाइन भुक्तानीबाट घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता प्रदान गर्न सकिने छ ।


“व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ”, अर्थमन्त्री शर्माले भने, “यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।” उनले भन्सार विन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । भन्सारको निरन्तर सुधार अन्तर्गत भेइकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको अर्थमन्त्री शर्माको भनाइ छ ।

 


अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने भन्दै दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्ने बताए । भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्दै उनले यस्ता सुधारमा निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।


नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्यांकन सुधार गर्नुपर्ने माग गरे । परम्परागत प्रणालीबाट नै मूल्यांकन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको बताए । उनले नयाँ पुस्तालाई व्यवसायमा आउन निरुत्साहित भइरहेको उल्लेख गरे ।कारोबार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार