• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

एपीएफ आहा रारा गोल्डकपको फाइलनमा प्रवेश

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा  नेपाल एपीएफ क्लब प्रवेश गरेको छ ।

 

बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो। पोखरा रंगशालामा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ, प्रदिप लामा र नविन लामाले एक एक गोल गरे । मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काए ।

 

खेलको २५ औं मिनेटमा सनिशले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । उनले मणि लामाको फ्रि-किकमा हेडरमार्फत गोल गरेका हुन्। तर, खेलको ४० औं मिनेटमा ओमोलाजाले गोल गर्दै मछिन्द्रलाई १-१ को बराबरीमा ल्याएका थिए । उनले कप्तान रंजित धिमालको फ्रि(किकमा हेडरमार्फत गोल गरेका हुन् ।

 

खेलको ६९ औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । कप्तान नविन लामाको पासमा उनले उत्कृष्ट गोल गरे । यस्तै खेलको ७१ औं मिनेटमा करिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मछिन्द्र १० खेलाडीमा समेटिएको थियो ।

 

त्यसपछि खेलको इन्जुरी समयमा कप्तान नविनले गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए । आवाश लामिछानेले प्रहार गरेको बल मछिन्द्रका गोलकिपर सुर्य अधिकारीले बचाएपछि प्राप्त रिबाउन्डमा उनले सहजै गोल गरेका हुन् ।

 

एपीएफ १४ वर्षपछि आहा राराको फाइनल पुगेको हो । यस अघि २०६४ मा एपीएफले फाइनल खेलेको थियो । अब एपीएफले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार