• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

 

पूर्वकप्तान खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाण–पत्र तह (आईए) को नक्कली प्रमाण–पत्र पेश गरेर २०५५ कात्तिक १ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारले दाबी गरेको छ ।

 

खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए। खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए। त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

 

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजार रुपैयाँसम्म जरिवाना सजायको माग गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार