• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर निष्काशन सम्झौता

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

 

धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि ३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार यो कम्पनीले नियामक निकायबाट अनुमति पाएपछि १०० रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता आईपीओ जारी गर्नेछ।

 

यसैबीच संस्थाले आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले आज काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलको कार्यालयमा हस्ताक्षर गरेका छन्।

 

धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५फागुन १ गतेदेखि वित्तीय कारोबार गर्दै आइरहेको छ। संस्थाले २०७८ पुस मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयमार्फत कुल १९१ जना कर्मचारी परिचालन गरी ३४ हजार ४३८ सदस्यलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।

 

सोही अवधिसम्ममासंस्थाको कुल कर्जा लगानीतर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ रु. ६२ करोड १४ लाख रहेकोमा अन्तरबैंक सापटी रु. ६१ करोड ८० लाख रहेको छ।हाल चुक्तापुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्कासन भएपश्चात रु. १० करोड चुक्तापुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरुतर्फ कुल रु. १० करोड ३८ लाख रहेको छ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार