• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

‘युरो ३ बाट सिँधै युरो ६ मा जान सकिँदैन’

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी प्रदुषण मापदण्ड क्रमशः लागू गर्न माग गरेको छ । 

 

आइतवार पत्रकार सम्मेलन गर्दै युरो ६ मा जान अहिले नै देशमा उपयुक्त पुर्वाधारहरूलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार भइनसकेकोले चरणबद्ध रूपमा युरो ६ मा जानुपर्ने आफूहरुको माग रहेको नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए ।

 

उनले हाल कार्यान्वयमा रहेको युरो ३ पछि युरो ४ मा नगई सिँधै युरो ६ मा जादा एकाएक लागत बढ्ने बताए । उनले अहिलेकै अवस्थामा युरो ६ लागु भए व्यवसायिक सवारीको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने जोखिम रहेको पनि बताए । 

 

उपाध्यक्ष श्रेष्ठले भारतले पनि ४ वर्ष पूर्वाधार विकासमा खर्चिएर मात्रै युरो ६ लागू गरेको स्मरण गरे । उनले युरो ६ मा जान अब २ वर्षको समय दिनुपर्ने पनि बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार